Logo

बहुमतको प्रधानमन्त्रीका लागि ओली र देउवाको दावि पेश, कानुनी परामर्शपछि निर्णय लिने राष्ट्रपतिको आश्वासन

बहुमतको प्रधानमन्त्रीका लागि ओली र देउवाको दावि पेश, कानुनी परामर्शपछि निर्णय लिने राष्ट्रपतिको आश्वासन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्री पदका लागि राष्ट्पतिसमक्ष दावि पेश गरेका छन् । शुक्रबार ५ बजेसम्म बहुमतको प्रधानमन्त्रीका लागि दावि पेश गरिसक्नुपर्ने भएपनि उनले ५ बजेअगावै राष्ट्रपतिसमक्ष दावि पेश गरेका हुन् ।

उनीसँगे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दावि पेश गरेका हुन् । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका ३२ सांसदसहित १५३ जना सांसदको हस्ताक्षरसहित दावि पेश गरेका छन् भने शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दावि पेश गरेका हुन् । यता राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीका लागि २ जनाको दावि परेका कारण कानुनी परामर्शपछि निर्णय गरिने जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्