Logo

प्रधानमन्त्रीले भने-चुनाव जात्राजस्तो होईन, मतदाताहरू मास्क लगाएर आएर भोट दिन सक्छन

प्रधानमन्त्रीले भने-चुनाव जात्राजस्तो होईन, मतदाताहरू मास्क लगाएर आएर भोट दिन सक्छन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव हुने चुनावका कारण कोरोना महामारी नफैलने बताएका छन् । शुक्रबार बोलाईएको आकस्मिक पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले चुनाव जात्राजस्तो भिडभाड नहुने बताएका हुन् ।

उनले अब हुने चुनावमा सबै मतदाताहरुलाई मास्क, सेनिटाईजर प्रयोगसँगै सामाजिक दुरी कायम गरेर मतदान गर्न सकिने गरी व्यवस्था गरिने बताएका हुन् । आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नचुनिएको अवस्थामा नयाँ प्रधानमन्त्रीका लागि मध्यावधि चुनाव हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL