Logo

कोरोना नियन्त्रणमा अष्ट्रेलिया सरकारको सहयोग, साढे ६३ करोडको प्रतिवद्धता

कोरोना नियन्त्रणमा अष्ट्रेलिया सरकारको सहयोग, साढे ६३ करोडको प्रतिवद्धता



काठमाडौं । नेपालमा कोरोना नियन्त्रण तथा रोकथामका लागि अष्ट्रेलिया सरकारले ७ मिलियन डलर अर्थात ६३ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पछिल्लो समय नेपालमा कोरोनाको दोस्रो भेरियन्टले भयावह रुप लिईरहेका बेला अष्ट्रेलिया सरकारले सहयोग गर्ने भएको हो ।

अष्ट्रेलियाले बंगलादेश, नेपाल र श्रीलंकालाई कोरोना नियन्त्रणका लागि भन्दै १ करोड १७ लाख डलरको प्याकेज छुट्याएको छ ।

नेपालले उक्त सहयोगमार्फत कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक उपकरणलगायतमा खर्च गर्ने बताईएको छ । यस्तै यो सहयोगमार्फत स्वास्थ्य सेवामा काम गर्ने कर्मचारीलाई पनि सहयोग पुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्