काठमाडौं । सरकारले कोभिडको रोकथाम र उपचार सम्बन्धि मालबस्तु शीध्र जाँचपास कार्यविधि २०७८ जारी गरेको छ । देशमा कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री सहज रुपमा भित्र्याउनका लागि भन्सार विभागले नयाँ कार्यविधि जारी गरेको हो । त्यसरी अध्यावश्यक सामग्री आयात गर्दा पैठारीकर्ताले अत्यावश्यक मालवस्तु पैठारी गर्नका लागि नियमित प्रक्रिया बमोजिम आवश्यक कागजातसहित त्यस्तो मालवस्तु घोषणा गर्नु पर्नेछ ।
जस अनुरुप भन्सार अधिकृतले अत्यावश्यक मालवस्तुलाई उच्च प्राथमिकता दिई शीघ्र जाँचपास गर्नु पर्नेछ । सो प्रयोजनका लागि भन्सार कार्यालयको प्रमुखले आफ्नो कार्यालयमा आवश्यक कर्मचारीको व्यवस्थासहित छुट्टै इकाई खडा गरी कर्मचारी खटाउनु पर्नेछ ।
साथै स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थालाई सहज एवं शीघ्र बनाउन कार्यालयको नियमित समयभन्दा अघि या पछि र सार्वजनिक विदाको दिनमा पनि यात्रु जाँचपास कक्ष वा काउण्टरबाट समेत अत्यावश्यक मालवस्तुको जाँचपास गर्ने गरी भन्सार कार्यालयको प्रमुखले आवश्यक व्यवस्था गर्नु पर्नेछ । साथै जाँचपासका क्रममा देखिएका समस्या समाधान गरी आवश्यक सहजीकरण गर्नका लागि विभागमा उपमहानिर्देशकको संयोजकत्वमा एक दूत कार्यदल रहनेछ ।
तर त्यसरी स्वास्थ्य सामग्री आयात गर्दा अत्यावश्यक मालवस्तु मध्ये गुणस्तर प्रमाणित भएपछि मात्र जाँचपास गर्नुपर्ने प्रकृतिका मालवस्तु गुणस्तर प्रमाणित भए पश्चात मात्र जाँचपास गर्नुपर्नेछ । साथै मालवस्तुको गुणस्तर प्रमाणित भइनसकेको तर उक्त कार्य प्रक्रियामा रहेको र गुणस्तर प्रमाणित भएपछि मात्र प्रयोग गर्ने गरी जाँचपास गरी दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा तोकिएको निकायले सिफारिश गरेको अवस्थामा भन्सार अधिकृतले सो व्यहोरा प्रज्ञापनपत्रमा उल्लेख गरी त्यस्तो मालवस्तु जाँचपास गर्न सक्नेछ ।
यस्तो छ कार्यविधि :