Logo

महामारीसँगै विश्वका आधा युवा रोजगारविहीन, १ अर्ब युवाले सधैंका लागि गुमाए कमाईको माध्यम

महामारीसँगै विश्वका आधा युवा रोजगारविहीन, १ अर्ब युवाले सधैंका लागि गुमाए कमाईको माध्यम



काठमाडौं । कोरोना महामारीका कारण विश्वभर २ जनामा एक जनाले आफ्नो आम्दानीको माध्यम गुमाएक छन् । हालै गरिएको एक नयाँ अध्ययनले विश्वभर कोरोनाले पारेको प्रभावले कम आय भएका देशहरुका युवाहरुमा बढी प्रभावित भएको देखाएको हो । कोरोनाका कारण युवाहरुको कार्य समय घट्नुका साथै धेरैको रोजगारीसमेत गुमेको अध्ययनमा उल्ल्लेख छ ।

अमेरिकास्थित एक तथ्यांक संकलक कम्पनी ग्यालपले १ सय १७ देशका ३ लाख युवाहरुबीच उक्त अध्ययन गरेको थियो । जसमा आधा मानिसहरुले कोरोना महामारीका कारण आम्दानी घट्नुका सार्थ जागिरबाट हटेको बताएका छन् । यसको आधारमा विश्वभरका १ अर्ब ६० करोड युवाहरु यो समूहमा परेको आँकडा निकालिएको हो ।

विश्वभरको परिदृश्य हेर्दा भने यो संख्या सबैभन्दा बढी थाइल्याण्डमा ७६ प्रतिशत देखिएको छ भने सबैभन्दा कम १० प्रतिशत मात्रै स्विजरल्याण्डमा देखिन्छ । यस्तै बोलिभिया, म्यानमार, केन्या, युगाण्डा, इन्डोनेसिया, होन्डुरस र ईक्वेडरका ७० प्रतिशत बढी युवाहरुले कोरोना पछि आफ्नो रोजगार गुमाएको अध्ययनले देखाएको छ । यस्तै अमेरिकामा भने यो संख्या ३४ प्रतिशत छ ।

महामारी पनि सबैभन्दा ठुलो असर पुरुषभन्दा कम तलव लिएर बढी काममा खटिने महिलाहरुलाई परेको देखिन्छ । महिलाहरु कोरोना पछि पर्यटन, भोजन सेवा र खुद्रा सेक्टरमा बढी प्रताडित भएको अध्ययनमा उल्लेख छ । अध्ययनले कोरोना पछि विश्वभर महिला कामदारहरुको आय ८ खर्ब डलरले गिरावट आएको देखाएको छ । ग्यालपका अनुसार कोरोनापछि विश्वभकिा आधाभन्दा बढी युवाहरुले आफ्नो काम र व्यवसायलाई अस्थायी रुपमा स्थगित गरेको पाईएको छ ।

भारत, जिम्बावे, फिलिपिन्स, केन्या, बंगलादेशलगायत ५७ देशका ६५ प्रतिशत बढी युवाहरुले आफ्नो काम केही समयसम्मका लागि रोकिराखेको बताएका छन् । तर विकसित र उच्च आय भएका देशहरुमा भने केही समयका लागि मात्रै काम रोक्ने युवाहरुको संख्या ज्यादै न्यून देखिन्छ ।

अष्ट्रेलिया, स्विजरल्याण्ड र जर्मनीका १० मा १ जनाले मात्रै आफ्नो काम केही समयका लागि रोकिराखेको बताएका छन् । यस्तै अमेरिकामा भने केही समयका लागि काम रोक्नेको संख्या ३९ प्रतिशत छ । यस्तै कोरोनापछि ३ जनामा १ जनाले आफ्नो व्यवसाय र जागिर सँधैका लागि गुमाएको अध्ययनमा उल्लेख छ । जसलाई विश्वसँग तुलना गर्दा विश्वभरका १ अर्ब मानिसहरुले आफ्नो पेसा र व्यवसाय सँधैका लागि गुमाएको पाइएको हो । यो संख्या फिलिपिन्स, केन्या र जिम्बावेमा सबैभन्दा बढी अर्थात ६० प्रतिशत छ । यस्तै स्विजरल्याण्ड र अमेरिकामा यो संख्या क्रमशः ३ प्रतिशत र १३ प्रतिशत छ ।–विफोरमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL