Logo

पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि, १९० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थ ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु भएको छ । ८ हजार ३ सय ५ जना संक्रमित थपिँदा ६ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ जना संक्रमित छन् । उनीहरुमध्ये १ हजार ७ सय ४८ जना आईसीयूमा छन्, जसमध्ये ४ सय ९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ भने ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्