Logo

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी, बादललाई डबल झड्का

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी, बादललाई डबल झड्का



काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको राष्ट्रियसभा सदस्यको उप निर्वाचनमा देवकोटाले निवर्तमान गृहमन्त्री रामबहादूर थापा बादललाई हराउँदै निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा सदस्यको आज भएको मदानमा खसेको कुल मतदानमध्ये देवकोटाले ५०८८ मतभार पाएका थिए । नेकपामा एमाले खेमाको माधव-झलनाथ खेमाले देवकोटालाई सहयोग गरेसँगै उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि देवकोटालाई समर्थन रहेको थियो ।यदि एमालेको सबै मत बाललाई खसेको भए उनले ५१३० मत पाउने थिए ।

राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटासँग पराजित भएका बादललाई सर्वोच्च अदालतले आजै मात्रै गैर संसद रहेको भन्दै गृहमन्त्री पदबाट समेत हटाईदिएको छ ।

प्रतिक्रिया दिनुहोस्