Logo

ओली सरकारले पुनः नियुक्त गरेका सात गैर सांसदको मन्त्री पद सर्वोच्चद्वारा खारेज, उर्जादेखि गृह मन्त्रालयसमसम खाली

ओली सरकारले पुनः नियुक्त गरेका सात गैर सांसदको मन्त्री पद सर्वोच्चद्वारा खारेज, उर्जादेखि गृह मन्त्रालयसमसम खाली



काठमाडौं । सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले उनीहरुको दोस्रोपटक नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत् बदर गरेको हो ।

अदालतको अन्तरिम आदेशपछि ७ पूर्वमाओवादी मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् । पदमुक्त हुनेमा पूर्वमाओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा सांसद छैनन् । बादल गृहमन्त्री थिए भने रायमाझी ऊर्जामन्त्री थिए ।

प्रधानन्यायाधीश राणाको इजलासले सांसद सदस्य नभएको व्यक्ति एकपटक ६ महिनामात्र मन्त्री हुन पाउने र अर्कोपटक फेरि हुन नपाउने ठहर गरेको छ । पहिलोपटक मन्त्री बन्दा ६ महिना अवधिपछि पनि संसदको सदस्य नभए स्वतः पदमुक्त हुने व्यवस्थाबारे उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्