Logo

कोरोना उपचार र नियन्त्रणमा तिब्बत सरकारको सहयोग, अक्सिजन, भेन्टिलेटर र कन्सन्ट्रेटर नेपाल आईपुग्दै

कोरोना उपचार र नियन्त्रणमा तिब्बत सरकारको सहयोग, अक्सिजन, भेन्टिलेटर र कन्सन्ट्रेटर नेपाल आईपुग्दै



काठमाडौं । चीनको तिब्बत सरकारले नेपालका लागि सहयोग पठाउने क्रमलाई जारी राखेको छ । पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना महामारीको दोस्रो भेरियन्ट नियन्त्रणका लागि तिब्बत सरकारले १ सय ५० सिलिण्डर लिक्विड अक्सिजन नेपालका लागि पठाएको हो । यसबाट नेपालमा ४० केजी क्षमताका ६ सय अक्सिजन सिलिण्डर भर्न मिल्नेछ ।

यस्तै २ सय थान आईसीयु, ५ थान भेन्टिलेटर र १० थान कन्सन्ट्रेटर पनि सहयोग गर्ने घोषणा गरेको छ । चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बत सरकारले स्थलमार्गबाट नेपाल जाने कोभिड १० को नियन्त्रणसँग सम्बन्धित कार्गो बिना रोकावट नेपाल पठाउन सहयोग गर्ने वचनसमेत दिएको छ । उनले कार्गाे आवतजावतका लागि निरन्तर अनुगमनमा रहेको समेत जानकारी दिएका छन् ।

यस्तै नेपालकै लागि भन्दै चीनको सान सिको एक कम्पनीले ३० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । सिल्क ट्रान्सपोर्टले निशुल्क रुपमा ल्हासाबाट शुक्रबार काठमाडौं ल्याउने समेत उनले जानकारी दिए । तिब्बतकै गुडविल फाउण्डेशनले आगामी साता ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको छ । महावाणिज्यदूत ढकालका अनुसार निजि क्षेत्रबाट कोभिड नियन्त्रणसँग सम्बन्धित सामग्री बोकेका २२ वटा गाडी तातोपानी भन्सार पुग्ने क्रममा छन् । अक्सिजन सिलन्डिर, कन्सन्ट्रेटर बोकेका १५ गाडी सामान खासा पुगेका छन् ।

एभरेष्ट ग्यासका ४ हजार ५ सय खाली सिलन्डिर अक्सिजन भर्नका लागि यही साता तिब्बत पुग्दैछन् । नेपाललाई चीनबाट पहिलोपटक तरल अक्सिजन सहायतामा आएको हो । यसअघि चीनको सिचुवान जनसरकारले चार्टर जहाजमा बुधवार स्वास्थय सामग्री पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL