Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, विश्वासको मत लिने विषयमा छलफल हुने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, विश्वासको मत लिने विषयमा छलफल हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज बालुवाटारमा बस्ने भएको हो ।

प्रधानमन्त्री ओलीले सुरुमा पार्टीको स्थायी कमिटी बैठक बोलाएको र त्यस लगत्तै मन्त्रीपरिषद बैठक बस्ने बताइएको छ ।

बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बोलाइएको बताइएको हो । बैठकमा बजेट अधिवेशन बोलाउने, प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए ।

प्रधानमन्त्री केपी ओलीले बजेट अघिनै विश्वासको मत लिने तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी स्थायी समिति बैठक २ बजेका लागि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL