Logo

सरकारले ३० अस्पतालमा कोभिड केयर युनिट संचालन गरिँदै, संक्रमितको उपचार निशुल्क हुने

सरकारले ३० अस्पतालमा कोभिड केयर युनिट संचालन गरिँदै, संक्रमितको उपचार निशुल्क हुने



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले देशभरिका सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको बताएका हुन् ।

ती अस्पतालमा सङ्क्रमितले निःशुल्क उपचार गर्न पाउने छन् । प्रदेश नं १ मा एक, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा १७, गण्डकी र लुम्बिनी प्रदेशमा दुईदुई तथा सुदूरपश्चिम प्रदेशमा छ अस्पताल छन् । ती अस्पतालमा संक्रमण र सामान्य लक्षण भएका बिरामीको उपचार गरिन्छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्
MBL