काठमाडौं । नेपाल राष्ट्र बैकले आर्थिक गतिविधि चलायमान नबनाए अर्थतन्त्रमा संकट आईपर्ने बताएको छ । राष्ट्र बैंकले कोभिडले अर्थतन्त्रमा पारेको प्रभाब सम्बन्धी सोद्रो सर्वेक्षण गर्दै उक्त कुराको जानकारी दिएको छ ।
सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ बैशाखमा उद्योग÷व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । यद्यपि अभैmपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेको देखिदैन ।
कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन राष्ट्र बैंकको निष्कर्ष छ । अर्थतन्त्र जोगाउनका लागि पनि कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाउन सुझाव दिएको छ ।
राष्ट्र बैंकले २०७८ बैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत सर्वेक्षण गरेको थियो । गत असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगी/व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् ।
उद्योगी/व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा कोभिड—१९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडी २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको थियो ।
सर्वेक्षणमा औद्योगिक वर्गीकरण अनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८।१ प्रतिशत, उत्पादनमुलक उद्योगबाट १९ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १७।१ प्रतिशत नमुना प्राप्त भएको थियो । सर्बेक्षणमा सबैभन्दा कम विद्युत्, ग्याँस तथा पानी क्षेत्रबाट ०।५ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता रहेको छ ।