Logo

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४६ जनाको मृत्यु, ८ हजार १७३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४६ जनाको मृत्यु, ८ हजार १७३ जनामा संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा संक्रमितको मृत्यु भएको हो । यस सँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ५७ पुगेको छ।यस्तै आजै थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको प्रेस ब्रिफिङमार्फत पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ६४ जनामा पोजेटिभ देखिएको जानकारी दिएका हुन् । त्यस्तै १ सय ९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार ७ हजार ९ सय ८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्