Logo

दुई सरकारी सहित ३ अस्पतालाई चेम्बरको स्वास्थ्य सामग्री सहयोग, अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर पनि दिँदै

दुई सरकारी सहित ३ अस्पतालाई चेम्बरको स्वास्थ्य सामग्री सहयोग, अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर पनि दिँदै



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लाको नेतृत्वमा आज चेम्बरले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल त्रिबि शिक्षण अस्पतालाई कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

चेम्बर अध्यक्ष मल्लले शुक्रराज ट्रपिकलका डा. राजेश शाहलाई उक्तसामाग्रीहरु हस्तारन्तरण गरेका हुन् । कार्यक्रममा डा. शाहले चेम्वरबाट बिगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै चेम्वरलाइ धन्यबाद ज्ञापन गरेका थिए ।

चेम्बरले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाइ पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ । त्रिबि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्रा.डा.योगेन्द्रमान शाक्यले सामाग्री लिएका थिए । यसैगरी चेम्बरले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गोंगवुको लागि पनि स्वास्थ सम्वन्धी सामाग्रीहरु उपलब्ध गराएको छ ।

चेम्बरले आज पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानीटाइजर तथा सिटामोल वितरण गरेको हो । अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी भैरहेको बताए । उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्वर कोभिड व्यवस्थापन समितिका संयोजक दीपककुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL