Logo

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर ९३ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९३ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले घटेर प्रतितोला १३७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL