Logo

पछिल्लो २४ घण्टामा १९६ संक्रमितको मृत्यु, ८ हजार २०३ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १९६ संक्रमितको मृत्यु, ८ हजार २०३ जनामा संक्रमण पुष्टि



काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ४९ जना, भक्तपुरमा २ सय २१ जना र ललितपुरमा ३ सय ६५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्