Logo

स्वास्थ्य सागम्री खरिदलाई वेस रेटमै कर्जा, अक्सिजन प्लाण्ट स्थापनाको लागि ५० करोडसम्म पुनकर्जा

स्वास्थ्य सागम्री खरिदलाई वेस रेटमै कर्जा, अक्सिजन प्लाण्ट स्थापनाको लागि ५० करोडसम्म पुनकर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको उपचार तथा रोकथामका लागि आयात गरिने स्वाथ्य सागम्री खरिदका लागि वेस रेट (आधारदर) मै कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको ९ महिने समिक्षा गर्दै नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधारमा नै कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यसैगरी नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोड रुपैयाँसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोड रुपैयाँसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने भएको छ

प्रतिक्रिया दिनुहोस्
MBL