Logo

नेपालबाट आज १४ अन्तरराष्ट्रिय उडान हुँदै, कुन-कुन गन्तब्यमा हुँदैछ उडान ?

नेपालबाट आज १४ अन्तरराष्ट्रिय उडान हुँदै, कुन-कुन गन्तब्यमा हुँदैछ उडान ?



काठमाडौं । नेपालबाट आज विभिन्न गन्तब्यमा त्रि१४ अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार मंगलबार नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चीनको बेइजिङका लागी उडान अनुमती लिएका छन् ।

यस्तै नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ । हिमालय एयरलाइन्सको एक कार्गो बिमान चीनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएका छन् ।

रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमति पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्