Logo

तोलामा ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सयले बढेर ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैँयाले बढेर प्रतितोला १३९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL