Logo

काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमित संख्या ४० हजार ७७४ पुग्यो, काठमाडौंमा मात्रै २८ हजार ५२७

काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमित संख्या ४० हजार ७७४ पुग्यो, काठमाडौंमा मात्रै २८ हजार ५२७



काठमाडौं । काठमाडौं उपत्यकामा संक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंमा सबैभन्दा धेरै २८ हजार ५२७, ललितपुरमा ७ हजार १७१ र भक्तपुरमा ५ हजार ७६ सक्रिय संक्रमित छन् ।

हालसम्म यी तीन जिल्लामा एक हजार ७४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा एक हजार १८९ संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा ३१८ र भक्तपुरमा ३२५ को मृत्यु भइसकेको छ । हाल यी तीन वटै जिल्लामा स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छन् ।

हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १३ हजार ४८० रहेको छ । मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL