काठमाडौं । खानेतेलको कालोबजारी गरेको आरोपमा केएल दुगडको जडीवुटिस्थित गोदाममा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाको नेतृत्वमा गएको टोलीले केएल दुगडको गोदाममा छापा मारेको हो ।
पाँच ट्रक खानेतेल सहित प्रवन्धक अमन जैनलाई प्रक्राउ गरेको एसएसपी थापाले जानकारी दिए ।
थापाका अनुसार बजारमा स्वस्तिक आयल इन्डस्ट्रिजका उत्पादनको मूल्य दोव्वर भएकोले छापा मारिएको हो । स्वस्तिकले सोयाविन तेल, स्वस्तिक हेल्थ, स्वस्तिक वनस्पति घिउ, धारा हेल्थ, धारा लाइटलगायत तेल उत्पादन गर्छ ।
नाकाबन्दीअघि १ सय २० रुपैयाँ रहेको तेलको मूल्य ३ सय २० रुपैयाँ पुर्याएकोले संचालकलाई कालोबजारी ऐन अनुसार कारवाही गरिने जानकारी थापाले दिए ।
प्रहरीले प्रवन्धकलाई प्रक्राउ गरेका जानकारी दिएको छ ।