Logo

ललितपुरमा जेठ ६ देखि कोरोना विरुद्धको चिनियाँ खोपको दोस्रो डोज लगाईने, कहाँ–कहाँ लगाइँदैछ ? (सूचीसहित)

ललितपुरमा जेठ ६ देखि कोरोना विरुद्धको चिनियाँ खोपको दोस्रो डोज लगाईने, कहाँ–कहाँ लगाइँदैछ ? (सूचीसहित)



काठमाडौं । ललितपुर जिल्लामा जेठ ६ गतेदेखि कोरोना विरुद्धको चिनियाँ खोपको दोस्रो डोज लगाईने भएको छ । ललितपुर महानगरपालिकाले जेठ ६ गतेदेखि चिनियाँ खोप भेरोसिलको दोस्रो डोज ६ जेठदेखि लगाउन सुरु गर्ने भएको हो ।

महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै चैत २५ गतेदेखि वैशाख १५ सम्म चिनियाँ खोपको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउने मिति र स्थान तय गरेको छ ।

उक्त सूचना अनुसार महानगर अन्तरगत विभिन्न स्थानमा यहिँ जेठ ६ गतेदेखि जेठ १३ गतेसम्म खोप लगाईने छ । महानगरले आफ्ना २९ ओटै वडामा खोपव केन्द्र संचालनमा ल्याउने भएको छ । उक्त खोप विहान १० बजेदेखि ४ बजेसम्म लगाईने छ ।

सरकारले पहिलो दिन अर्थात जेठ ६ गते चैत २५ देखि २८ गतेसम्म खोप लगाएकालाई चिनियाँ खोपको दोस्रो डोज लगाउने छ । यसैगरी जेठ ७ गते चैत २९ देखि ३१ गतेसम्म खोप लगाएकाले लगाउने छन् भने जेठ ९ गते वैशाख १ देखि ४ गतेसम्म खोप लगाएकालाई चिनियाँ खोपको दोस्रो डोज लाईने छ ।

यसैगरी जेठ १० गते वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि लगाईने छ भने जेठ ११ गते वैशाख १० गतेदेखि १३ गतेसम्म पहिलो डोज खोप लगाईने भएको छ ।

यस्तै जेठ १२ र १३ गते वैशाख १४ र १५ गते पहिलो डोज लगाएकालाई दोस्रो जोड खोप लगाईने छ ।

यी हुन दोस्रो जोड लगाईने खोप केन्द्र

प्रतिक्रिया दिनुहोस्
MBL