Logo

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेश प्रसाद खत्री नियुक्त, बीमा समितिद्धारा स्वीकृत

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेश प्रसाद खत्री नियुक्त, बीमा समितिद्धारा स्वीकृत



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीको नियुक्त भएका छन् । नियमनकारी निकाय बीमा समितिले स्वीकृति दिएसँगै उनी कम्पनीको सीईओमा नियुक्त भएका हुन् । कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो ।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। बैङगलोरबाट एमबिए गरेका खत्रिको बिमा क्षेत्रमा करिब साढे २ दशकको कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL