Logo

एकैदिन ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

एकैदिन ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि, २१४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २ सय ३, शनिबार १ सय ८७ र आइतबार १ सय ४५ जना रहेको थियो ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्