Logo

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणका लागि अध्यादेश जारी गर्ने

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कोरोना नियन्त्रणका लागि अध्यादेश जारी गर्ने



काठमाडौं । आज मन्त्रीपरिषद्को नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक साँझ ५ बजे बोलाइएको बैठकले कोरोना महामारी (कोभिड–१९) संक्रमण नियन्त्रण्का लागि महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

कोरोना नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउनका लागि अध्यादेश ल्याउने सरकारको तयारी गरेको बालुवाटार स्रोतको दाबी छ । स्रोतका अनुसार बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई अति शक्तिशाली र विशेष अधिकार दिने गरि अध्यादेश ल्याउने छ । नेपालमा कोरोना जोखिम बढ्दै जाँदा र अस्पतालहरुमा अभाव र तनाव बढ्दै गर्दा सीसीएमसीलाई शक्तिशाली बनाउने गरि अध्यादेश जारी गर्ने तयारी गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा लाग्ने समय र ल्याउने देश तथा निषेधाज्ञा लगायतका कानुनी व्यवस्थामा परिमार्जन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।
सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै जारी गर्ने र राजपत्रमा प्रकाशित गरेर लागु गर्ने तयारी भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL