Logo

आजपनि बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार नजिक पुग्यो मूल्य

आजपनि बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार नजिक पुग्यो मूल्य



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले बढेर ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार तोलमा ९ सय रुपैयाँ बढेर छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैँयाले बढेर प्रतितोला १३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL