Logo

कोरोना विरुद्धको खोप लगाउन चाहानुहुन्छ ? यसरी भर्नुहोस अनलाईन फारम

कोरोना विरुद्धको खोप लगाउन चाहानुहुन्छ ? यसरी भर्नुहोस अनलाईन फारम



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न आह्वान गरेको छ । मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न आह्वान गरेको हो । त्यसका लागि मन्त्रालयले अग्रिम फाराम भर्ने ठेगाना दिएको छ।

फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप लगाउन पाईने बताउँदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध समेत गरेको छ । त्यसका लागि यो https://vaccine.mohp.gov.np/ लिंकमा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ। उक्त फारममा लाभग्राहीले आफ्नो नाम, ठेगाना, जन्ममितिलगायतका आवश्यक सूचनाहरु भर्नुपर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL