Logo

महामारीमा फष्टाउँदो अनलाइन व्यापार, चालु आवको ९ महिनामा पौने ८ अर्बको कारोबार

महामारीमा फष्टाउँदो अनलाइन व्यापार, चालु आवको ९ महिनामा पौने ८ अर्बको कारोबार



काठमाडौं । गत बर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरसको महामारी र यसले निम्त्याएको लकडाउनका कारण विश्वभर इकमर्सको व्यापारमा लगातार वृद्धि भईरहेको छ ।

पछिल्लो समय नेपालमा पनि अनलाइन व्यपारले निकै गति लिएको छ ,।चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा ७ अर्ब ८७ करोड रुपैयाँ बढीको व्यापार इकमर्स प्लेटफर्महरुले गरेका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि चैत मसान्तसम्म मात्रै ७ अर्ब ८७ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको इकमर्स व्यापार भएको हो ।

लकडाउनमा मानिसहरु बाहिर हिँडडुल गर्न नपाएपछि अनलाइनबाट अर्डर गरेर वस्तु मगाउनेको संख्यामा समेत उच्च वृद्धि भएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको ९ महिनासम्म नेपालमा ईकमर्सबाट व्यापार गर्नेको संख्या ११ लखख ४० हजार ९ सय ५६ जना पुगेको छ ।

राष्ट्र बैंकका अनुसार असार महिनामा ईकमर्स व्यापार भएको तथ्यांक छैन । तर साउन महिनामा मात्रै १ अर्व २ करोड रुपैयाँ बराबरको ईकमर्स व्यापार भएको थियो । यस्तै त्यसको पछिल्लो महिना भदौमा यस्तो व्यापारमा गिरावट आई जम्मा ५६ करोड १० लाख रुपैयाँ बराबरको मात्रै व्यापार भएको देखिन्छ ।

यस्तै असोज, कार्तिक र संसिरमा यो तथ्यांकमा वृद्धि हुँदै ७९ करोड, ८२ करोड र ७६ करोड रुपैयाँ पुगेको थियो । साथै पुष, माघ र फागुनमा पनि क्रमशः ८४ करोड ९३ करोड र ९० करोड रुपैयाँ बराबरको व्यापार भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै चैतको महिनाभरी भने यस्तो व्यापारमा उच्च वृद्धि भई १ अर्ब ५ करोड रुपैयाँ बराबरको व्यापार भएको देखिन्छ । विश्वभर सन २०२१ अर्थात यो बर्षको अन्त्यसम्म इकमर्सको बजार ४ दशमलव ८९ ट्रिलियन डलरको पुग्ने अनुमान गरिएको छ ।

यस्तै सन २०२४ सम्म यसको बजार ६ दशमलव ३८८ ट्रिलियन डलरको पुग्ने बताईएको छ । पछिल्लो ३ बर्षको आँकडालाई हेर्दा विश्वमा प्रत्येक बर्ष ईकर्सको व्यापारमा २० प्रतिशत बढिले वृद्धि भईरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL