Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ हजार ३६८ जना संक्रमित, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ हजार ३६८ जना संक्रमित, १४५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ र ३ सय ४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १ सय ६३ जना रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्