Logo

प्रतितोला नौ सयले बढयो सुनको मूल्य, साढे ९२ हजारमा कारोबार हुँदैं

प्रतितोला नौ सयले बढयो सुनको मूल्य, साढे ९२ हजारमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैँयाले बढेर प्रतितोला १३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL