Logo

महामारीमा झन् ठगिए नेपाली उपभोक्ता, वाणिज्य विभागको देखावटी अनुगमन

महामारीमा झन् ठगिए नेपाली उपभोक्ता, वाणिज्य विभागको देखावटी अनुगमन



काठमाडौं । कोरोना महामारी नियन्त्रणका लािग भन्दै जारी निषेधाज्ञाका कारण गत महिनादेखि लागु गरिएको दोस्रो चरणको लकडाउनका कारण सम्पूर्ण बजार बन्द छ । यस्तो बन्द बजारबाट पनि उपभोक्ताले आफुलाई आवश्यक पर्ने वस्तुहरु खरीद गनैपर्ने बाध्यता छ ।

यसरी सरकारले बजार बन्द गर्न लगाउने र उपभोक्ताले आफुलाई आवश्यक पर्ने खाधान्लगायत विभिन्न अत्यावश्यक वस्तुहरु किनिरहनुपर्ने बाध्यताबीच नेपाली उपभोक्ताहरुमथि नै चरम ठगी बढेको छ । महामारी र उपभोक्ताको बाध्यताको फाईदा व्यवसायीहरुले उठाउँदा उपभोक्ताले बजार मूल्यभन्दा निकै महँगो मूल्यमा वस्तु खरिद गर्नुपरिरहेको अवस्था छ ।

कोरोना महामारीको भयावह स्थिति एकातिर छ भने बजारमा सबै अत्वावश्यक वस्तुहरुको मूल्य लगातार बढ्दा महामारीमा दोहोरो चपेटामा उपभोक्ता परेका छन् ।

उपभोक्तामा माथि हुने ठगी रोक्ने र बजार नियमन गर्ने जिम्मेवारी पाएको सरकारी निकाय वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले लगातार अनुगमन गरिरहेको भबताएपनि बजारमा भने त्यसको प्रभाव देखिएको छैन् ।

पछिल्लो समय विभागले विभिन्न समयमा सूचना जारी गर्दै अनुगमन गरेको र सोहीअनुसार जरिवाना र कारबाही गरेको बताउँदै आएको छ । तर, बजारमा उपभोक्ताहरुमाथिको ठगी भने निरन्तर चलिरहेको छ ।

केहिदिनयता खाने तेल, प्लास्टिक, तरकारीलगायतको मूल्य २० देखि शतप्रतिशतसम्मै बढेको देखिन्छ । व्यवसायी तथा उद्योगीहरुले पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमै कच्चा पदार्थको मूल्य बढेका कारण नेपाली बजारमा पनि अत्यावश्यकिय वस्तुको मूल्य बढिरहेको बताउँदै आएका छन् ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका सूचना अधिकारी शिवराज सेँढाईले कोरोना महामारीकै बीच पनि कर्मचारीहरुलाई सिफ्टअनुसार काममा लगाएर अनुगमन गरिरहेको बताए । उनले विभिन्न समयमा अनुगमनसँगै बढि मूल्यमा सामान बेच्ने र उपभोक्ताहरुलाई ठग्ने किसिमले व्यापार गरिरहेको खण्डमा कारबाही पनि गरिरहेको जानकारी दिए ।

तर, विभागले भनेअनुसारको प्रभाव नदेखिएको र उपभोक्ताहरुको गुनासो पछिल्लो समय बढिरहेको उपभोक्ता अधिकारी मञ्चका अध्यक्ष माधव तिमििल्सनाले बताए । उनका अनुसार व्यवसायीहरुले कोरोना महामारीमा कर्मचारी व्यवस्थापनसँगै ढुवानीमासमेत ठुलो समस्या उत्पन्न भएसँगै बजारमा अत्यावश्यक बस्तुको मूल्य केही बढेको बताउँदै आएका छन् । उनले विभागको लाचारीपन र लापर्वाहीका कारण महामारीमा पनि उपभोत्ताहरुले दुख खेप्नुपरेको बताए ।

यता चीनबाट आउने सामानबाहेक भारतीय नाकाबाट आउने सामानमा भने अझै कमी आएको देखिँदैन । भन्सार विभागका अनुसार पछिल्लो समय लगाईएको निषेधाज्ञामा पनि विदेशबाट आउने मालसामानका सवारीसाधनका लागि भन्सारमा कुनै रोकतोक भने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL