Logo

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन कर्जा’, कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा दिने

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ अक्सिजन कर्जा’, कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा दिने



काठमाडौं । देशमा विद्यमान कोरोना संक्रमणको बढ्दो क्रमसँगै संक्रमित बिरामीहरूको उपचारको क्रममा अस्पताल तथा नर्सिङ होमहरूमा देखा परेको अक्सिजनको चरम अभावलाई मध्यनजर राखी, अक्सिजन उत्पादन गर्ने मेसिन तथा उपकरणहरूको खरिद तथा क्षमता बिस्तारको लागि इच्छुक अस्पताल तथा नर्सिङ होमहरूलाई लक्षित गरी सिद्धार्थ बैंकले ‘सिद्धार्थ अक्सिजन कर्जा’ नामक सहुलियतपूर्ण विशेष कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

यस कर्जाका विशेष आर्कषणहरु निम्नानुसार रहेका छन् :

कर्जा अवधिभर बैंकको आधार दरमा कर्जा प्रदान गरिने
सम्वन्धित संस्थाको नगद प्रवाहको आधारमा कर्जाको सहज भुक्तानी अवधि तय गरिने
अन्य कुनै पनि सेवा शुल्क नलाग्ने
उच्च प्राथमिकताका साथ कर्जा प्रोसेसिङ गरिने

यसरी प्रदान गरिएको कर्जामा, नेपाल राष्ट्र बैंकबाट सहुलियत प्रदान गरेको खण्डमा, नेपाल राष्ट्र बैङ्कले निर्दिष्ट गरेको सहुलियत कर्जा निर्देशिका अनुरूप हुनेछ । सीमित अवधिका लागि ल्याइएको यस कर्जा सुविधाले हाल देशमा भइरहेका अक्सिजनको अभाव मेटाउन मद्दत पु¥याउँदै कोरोना नियन्त्रण तथा रोकथामका लागि विशेष भूमिका खेल्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यस आव। मात्र कोरोना नियन्त्रण तथा रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत रु १ करोड ४ लाख प्रदेश तथा स्थानीय सरकारलाई प्रदान समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL