Logo

बजेटको अन्तिम तयारीमा अर्थमन्त्री, कोरोना महामारीको सामना गर्दै अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्प

बजेटको अन्तिम तयारीमा अर्थमन्त्री, कोरोना महामारीको सामना गर्दै अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्प



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणलाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् । कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने योजना रहेको अर्थमन्त्री पौडेलले बताए ।

अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताए ।

उनले कोभिड(१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड–१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए।

शुक्रबार पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालित गर्ने , संक्रमितहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL