Logo

नेपालको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत रहने तथ्यांक विभागको प्रक्षेपण, वागमतीमा सबैभन्दा बढी

नेपालको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत रहने तथ्यांक विभागको प्रक्षेपण, वागमतीमा सबैभन्दा बढी



काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक बर्षको अन्त्यसम्म नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ०८ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार प्रादेशिक कुल ग्राहस्थ उत्पादनको तथ्यांक सार्वजनिक गर्दै कोरोनापछिको रिकभरीमा अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको हो ।

विभागले चालु आवको पछिल्लो ७ देखि ९ महिनाको तथ्यांकका आधारमा अनुमान गर्दा आर्थिक बर्षको अन्त्यसम्म उक्त आर्थिक वृद्धि हाँसिल गर्ने अनुमान गरेको हो ।

उक्त अवधिसम्म नेपालको बार्षिक कुल ग्राहस्थ उत्पादन ४२ अर्ब ६६ अर्व पुग्ने अनुमान गरिएको छ । जसमा सबैभन्दा बढि ३७ दशमलव ७ प्रतिशत हिस्सा वागमती प्रदेशको हुने अनुमान गरिएको छ । बागमति प्रदेशको कुल ग्राहस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा १६ खर्ब ७ अर्ब हुने अनुमान गरिएको छ ।

यस्तै आवको अन्त्यसम्म कुल ग्राहस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४ प्रतिशत मात्रै हुने बताईएको छ । कुल ग्राहस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा जम्मा १ खर्ब ७२ अर्बको हाराहारी हुने अनुमान गरिएको छ ।

यस्तै कुल ग्राहस्थ्य उत्पादनको वृद्धिदरमा पनि वागमतीप्रदेश अगाडी रहने अनुमान तथ्यांक विभागको छ । विभागका अनुसार बागमति प्रदेशले चालु आवमा जिडीपी वृद्धिदर ४ दशमलव ७ प्रतिशत पुर्याउँदा सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम अर्थात ३ दशमलव ४ प्रतिशतको रहने अनुमान गरिएको छ ।

गत बर्ष यस्तो वृद्धिदर सबैभन्दा बढि कर्णाली प्रदेशको अर्थात ०.७ प्रतिशत हुँदा सबैभन्दा कम बागमति प्रदेशको ३ दशमलव ६ प्रतिशतले ऋणात्मक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्