काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई मातृशोक परेको छ । पन्तका आमा रमादेबी पन्तको बिहीबार निधन भएको छ ।
उनी मुटु र श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित थिइन् । रमादेवी पन्तको सोमबारदेखि राजधानीको नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो
पूर्वअर्थमन्त्री स्वर्गीय डा. यादवराज पन्तकी धर्मपत्नी रमादेवी हुन् । पन्त दम्पतिका तीन छोरा र एक छोरी छन् । यसैवीच लगानी बोर्डले मृतक पन्तको आत्माको चीर शान्तिको कामना गरेको छ ।