Logo

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए सपथ, पुरानै मन्त्रीसहितको मन्त्रीमण्डल विस्तार

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए सपथ, पुरानै मन्त्रीसहितको मन्त्रीमण्डल विस्तार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदका लागि तेस्रोपटक शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । यस्तै आजै पुराना सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेटमा रहेका सबै मन्त्रीहरुलाई पुनः दोहोर्याएका हुन् । गत २७ गते प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि उनी प्रधानमन्त्री पदबाट स्वतः बाहिरिएका थिए ।

कोको भए मन्त्री ?

  • ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
  • रामबहादुर थापा बादल, गृह
  • टोपबहादुर रायमाझी, उर्जा
  • विष्णु पौडेल, अर्थ
  • प्रदिप ज्ञवाली, परराष्ट्र
  • हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
  • लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
  • कृष्णगोपाल श्रेष्ठ, शिक्षा
  • प्रभु साह, सहरी विकास
  • भानभुक्त ढकाल, पर्यटन
  • मणिचन्द्र थापा, खानेपानी
  • पद्मा अर्याल, कृषि
  • बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
  • गौरीशंकर चौधरी, श्रम, रोजगार
  • पार्वत गुरुङ, सञ्चार
  • शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
  • लिलानाथ श्रेष्ठ, कानून
  • गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
  • प्रेमबहादुर आले, वन
  • जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
  • दावा लामा तामाङ, युवा तथा खेलकुद

प्रतिक्रिया दिनुहोस्
MBL