Logo

काेराेना संक्रमितकाे उपचारमा रेम्डेसिभिर प्रभावकारी नरहेको तथ्य सार्वजनिक, यस्तो छ अनुसन्धानको निष्कर्ष

काेराेना संक्रमितकाे उपचारमा रेम्डेसिभिर प्रभावकारी नरहेको तथ्य सार्वजनिक, यस्तो छ अनुसन्धानको निष्कर्ष



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधिबारे बुधबार एक सूचना जारी गर्योृ । सो सूचनामा रेम्ेसिभिर तोकिएको व्यक्तिसंँग लिन आग्रह गरिएको छ । नेपालमा दोश्रोलहरका रुपमा नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएसँगै कोरोना संक्रमित संख्या ह्वात्तै बढेको र मृत्यमासमेत नयाँ रेकर्ड बनिरहेको छ ।

यसैले संक्रमितको उपचारका लागि परिवार तथा आफन्तहरुले हरसम्भव प्रयास गरिरहेका छन् । यसैले पनि संक्रमितको उपचारमा प्रयोग गरिदै आएको औषधी रेम्डेसिभिरको माग अहिले अत्याधिक बढ्दो छ । मागअनुसार उपलव्ध नहुँदा औषधीको कालोबजारी भएकाले सरकारले रेमडेसिभिरको विक्रीमा विक्रेता नै तोकेर आवश्यक भएकालाई सम्पर्क गर्न भनेको छ । मन्त्रालयका अनुसार रेम्डेसिभभिर आवश्यक भएमा सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न अनुरोध गरिएको छ । सो हेल्थकेयरबाट प्रति भाइल रेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ ।

कोरोनाकै लागि भनेर हालसम्म संसारमा कुनै औषधि उपलब्ध छैन । तर, यो रोग लागेपछि बिरामीको शरिरलाई सहज हुने र रोगसँग लड्न सघाउ पुग्ने गरी चिकित्सकहरुले केही औषधिहरु दिने गर्छन् । संक्रमितलाई सास फेर्न गाह्रो हुँदा अक्सिजन र भेन्टिलेटर, कोरोनाविरुद्ध लड्न सघाउने प्लाज्मा र रेम्डेसिभिर नामक औषधी औषधि दिने गरिएको छ । कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलो औषधिको रूपमा रेम्डेसिभिरको उपयोगिता पत्ता लागेको थियो ।

तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमिकतको उपचारमा रेम्डेसिभिर प्रभावकारी नरहेको तथ्य सार्वजनिक गरिसकेको छ । यस्तै रेम्डेसिभिरबारे सबैभन्दा प्रामाणिक अनुसन्धानका रुपमा ‘दि न्यू इगल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित प्रतिवेदनलाई लिइएको छ । सो अनुसन्धान प्रतिवेदन जोन एच बिगेल, एमडी, के एम तोमासेक, एमडी, एपीएच, लोरी ई डोड, पीएचडी, अनीश क। मेहता, एमडी, ब्यारी एस जिङम्यान, एमडी, एन्ड्रे सी। कालील, एमडी, एमपीएच, एलिजाबेथ होमान्, एमडी, हेलेन वाई चू, एमडी, एमपीए, एनी लुटकेमेयर एमडी, सुसन क्लाइन, एमडी, एमपीएच, डिएगो लोपेज दे कास्टिला, एमडी, एमपीए, रोबर्ट डब्ल्यू फिनबर्ग, एमडी एटअल रहेको डाक्टरहरुको समूह एसिसिटी–१ ले गरेको हो ।

कुल १०६२ बिरामीहरू माथि गरिएको अध्ययनमा ५४१ जनालाई रेम्डेसिभिर दिइयो र ५२१ जनाललाई प्लेसबो दिइयो । जसलाई रेम्डेसिभिर दिइयो उनीहरूको औसत रिकभरी समय १० देखि ११ दिन थियो । जबकि प्लेसबो दिइएकाहरुमा भने रिकभरी समय १५ दिन रह्यो । यसले रेम्डेसिभिर दिइएका बिरामीहरूमा क्लिनिकल सुधार प्लेसबो दिइएकोहरू भन्दा बढी पाइयो । रेम्डेसिभिर दिइएका ५३२ बिरामीमध्ये १३१ र र प्लेसबो दिइएका ५१६ मध्ये १६३ मा गम्भीर प्रतिकुल घटना घटेको भेटियो ।

यो अध्ययनको निष्कर्षमा अनुसन्धानकर्ताहरुले तथ्यहरुले कोभिड १९ का कारण अस्तालमा भर्ना भएका र कम श्वासप्रश्वासको संक्रमण संक्रमण भएका वयस्कहरूमा रिकभरीको समय छोटो बनाउन रेम्डेसिभिर प्लेसबोभन्दा राम्रा रहेको पाइयो । तर, भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउने यो औषधी कुनै खोप नभएर एन्टी भाइरल औषधि हो ।

चिकित्सकहरु रेम्डेसिभिर कोरोना उपचारमा मुख्य औषधी नभएको र निमोनियासँगै कोरोना देखिएकाहरुको उपचारमा प्रयोग भईरहेको यो औषधी बिरामीका लागि कति लाभदायक हुन्छ भन्ने अझै प्रमाणित नभएको बताउँछन् । विश्व स्वास्थ्य संगठनले रेम्डेसिभिरलाई कोरोनाको उपचामा अप्रभावकारी रहेको भन्दै पहिले नै मान्यता दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL