काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विष्णु गैरेको निधन भएको छ । महासंघ अन्तरगत वैदेशिक रोजगार फोरमका सभापति समेत रहेका गैरेको कोरोना संक्रमणका कारण आज निधन भएको हो ।
कोरोना संक्रमण भएर एक्कासि अक्सिजनको मात्रामा कमि आएपछि एक हप्ताअघि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थिए । शरिरमा अक्सिजनको मात्रामा एकदमै कमि आएपछि भेण्टिलेटरमा राखेर उपचार गरिएको गैरेको आज निधन भएको हो ।