Logo

पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा संक्रमण पुष्टि, २१४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ९ सय ६० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार २ सय रिपोर्ट परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै भाइरस संक्रमणका कारण एकै दिन २ सय १४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ ।

हालसम्म संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ । तीमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा र ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये १ हजार ३ सय ८१ जना आईसीयूमा र ३ सय ८० जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५ सय १८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्