Logo

कोरोना संक्रमण जोमिखको ‘हट स्पट’ बन्दै बैंक वित्तीय संस्था, १० हजार कर्मचारी संक्रमित

कोरोना संक्रमण जोमिखको ‘हट स्पट’ बन्दै बैंक वित्तीय संस्था, १० हजार कर्मचारी संक्रमित



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै गएका छन् । सरकारले कडाईका साथ पूर्ण रुपमा लकडाउन गरेपनि बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवाको सूचीमा राखेर संचालनमा ल्याएको छ । सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट हुने उक्त सेवामार्फत पछिल्लो समय कोरोना संक्रमण हुने क्रम बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सरकारले बैंकका २५ प्रतिशत मात्रै शाखा संचालन गर्न निर्देशन दिएर न्यून मात्रामा सेवा प्रदान गरेपनि बैंक तथा वित्तीय संस्थाका कर्मचारी संक्रमित हुने र त्यहिबाट कोराना संक्रमण फैलिने क्रम बढेको तथ्याङकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाका १० हजारभन्दा बढी कर्मचारी संक्रमित भैसकेका छन् । यसैगरी बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीका परिवारमा मात्रै १५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बैंकमार्फत सेवा दिँदा नगदको कारोबार गर्नुपर्ने र त्यसरी कोरोबार गर्दा कोरोना संक्रमणको जोखिम उच्च रहेको सम्बद्ध बैंकहरु बताउँछन् । जसकारण पछिल्लो समय एउटै वाणिज्य बैंकका २ सयभन्दा बढी कर्मचारीहरु कारोना संक्रमणमा परेका छन् । साथै त्यसरी कारोबार गर्दा अन्य सेवाग्राहीमा पनि कोरोना संक्रमण क्रम त्यतिकै बढेको छ ।

अहिले बैंकले राष्ट्र बैंकको निर्देशन अनुुसार २५ प्रतिशत मात्रै शाखा संचालन गर्दै आलोपालो प्रणालीबाट सुविधा उपलब्ध गराउँदै आएका छन् । तर आलोपालो प्रणाली लागू गरेपनि कुनै न कुनै समय सबै कर्मचारी बैंकमा आउनु पर्ने र त्यसले कोरोना संक्रमणको जोखिम उच्च बनाएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘सुविधा नदिउ बैंक सेवा क्षेत्र भयो र अर्थतन्त्र चलायमान बनाउन पनि संचालनमा ल्याउनु पर्ने बाध्यता छ,’ ती सीईओले भने, ‘सेवा दिई बैंकका धेरैजसो कर्मचारी र उनका परिवार कोरोना संक्रमित भईसके ।’ साथै कतिपय अवस्थामा नगद कारोबार गर्दा बैंककै कर्मचारीबाटै पनि सेवाग्राहीमा कोरोना सर्ने जोखिम उच्च रहेको समेत सम्बद्ध बैंकरहरु बताउँछन्

प्रतिक्रिया दिनुहोस्
MBL