Logo

एमालेमा नयाँ ट्वीस्ट, पार्टी एकताका लागि माधव नेपाल लगायत नेताको कारबाही फुकुवा

एमालेमा नयाँ ट्वीस्ट, पार्टी एकताका लागि माधव नेपाल लगायत नेताको कारबाही फुकुवा



काठमाडौं । नेकपा एमालले आफ्ना नेताहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । यसअघि एमालेले पार्टीका नेता माधवकुमार नेपाललगायतका नेतामाथि लगाएको प्रविबन्ध फुकुवा गरेको छ ।

एमालेको आज बसेको स्थायी कमिटि बैंठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । पार्टी एकताको लागि भन्दै यस अघि नेताहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिएको र उक्त अवसरको सदुपयोग गर्दै पार्टी एकताको पक्षमा उभिन एमाले पार्टी कार्यालय सचिव शेरबहादूर तामाङले आग्रह गरेका छन् ।

यस अघि पार्टी हित विपरित काम गरेको भन्दै एमालेले माधवकुमार नेपाल लगायतका नेतामाथि साधारण सदस्य समेत खारेज गर्दै ६ महिनाको प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्