Logo

नौ महिनामा ११ खर्बको आयात, निर्यात २० प्रतिशतले बढ्दा आयात १३ प्रतिशतले बढ्यो

नौ महिनामा ११ खर्बको आयात, निर्यात २० प्रतिशतले बढ्दा आयात १३ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनामा ९४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको प्रतिवेदनअनुसार नेपालले गर्ने निर्यातको व्यापारमा गत आर्थिक बर्षको तुलनामा २० दशमलव २ प्रतिशतले वृद्धि भएको हो । गत बर्ष नेपालले यस्तो निर्यात अघिल्लो बर्षको तुलनामा १२ दशमलव ९ प्रतिशतले बढाएको थियो ।

यस्तै यस अवधिमा नेपालले ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा १३ दशमलव १ प्रतिशतले बढि हो । गत बर्ष भने नेपालले विभिन्न देशबाट गर्ने आयातको व्यापारमा अघिल्लो बर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतको गिरावट आएको थियो ।

पछिल्लो ९ महिनामा नेपालको निर्यातको व्यापार भारत तथा अन्य मुलुकमा क्रमशः २३ दशमलव ५ र १४ दशमलव ५ प्रतिशतले वृद्धि भएपनि चीनतर्फको व्यापारमा भने २७ दशमलव ३ प्रतिशतको गिरावट आएको छ ।

यस अवधिमा नेपालले सोयाविन तेल, अलैँची, जुटका सामान, धागोलगायत वस्तुहरुको निर्यात बढाउँदा पाम तेल जस्तापातालगायतका सामानको निर्यात घटाएको छ ।

पछिल्लो ९ महिनामा नेपालले १० खर्ब १६ अर्ब ६३ करोड बराबरको व्यापारघाटा ब्यहोरेको छ । जुन गत बर्षको तुलनामा १२ दशमलव ५ प्रतिशतले बढि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL