Logo

हप्तामा ५६ घण्टा लोडसेडिङ, खाना पकाउने सयममा ‘अल्टरनेट’ गरी बिजुली

हप्तामा ५६ घण्टा लोडसेडिङ, खाना पकाउने सयममा ‘अल्टरनेट’ गरी बिजुली


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आपूर्तिमा बढी लोड तथा सुख्खाका कारण विजुली कम उत्पादन भएको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ । प्राधिकरणले शुक्रबारदेखि लागू हुनेगरी लोडसेडिङ बढाएको हो । साथै भुकम्पबाट क्षति भएका विद्युत गृह समेत मर्मत गरी पुन संचालनमा ल्याउन नसकिएको र पानीको वहाव घटेकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार दैनिक साढे ८ घण्टासम्म लोडसेडिङ हुने भएको छ । हाल दैनिक ५ देखि ६ घण्टा लोडसेडिङ हुँदै आएको छ । प्राधिकरणले सार्वजनिक गरेको तालिकका अनुसार हप्तामा ३ दिन साडे ८ घण्टा विद्युत कटौती हुने छ । अर्को ३ दिन ८ घण्टा जाने छ भने १ दिन चाहिँ ७ घण्टा मात्र कटौती हुने भएको छ ।

सकभर खाना पकाउने समयमा विजुली आपूर्ति हुने गरी लोडसेडिङको तालिकका सार्वजनिक गरिएको नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले जानकारी दिए । ‘हामीले खाना पकाउने समयलाई मध्यनजर गर्दै विहान बेलुकीको सयममा ८ बजे अघि वा सो भन्दा पछिको समयमा लोडसेडिङ गरेका छौं,’ उनले भने, ‘अव उपभोक्ताहरुले कि ८ बजेभन्दा अघि वा कि पछि खाना पकाउनु पर्ने हुुन्छ ।’
यस्तै, नेपाल सरकारको औद्योगिक क्षेत्रमा भने बेलुकी ५ बजेदेखि विहान ३ बजेसम्म लोडसेडिङ हुने छ ।

load-sheding

प्रतिक्रिया दिनुहोस्
MBL