Logo

कोरोनाका कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन

कोरोनाका कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन



काठमाडौैं । कोरोनाका कारण पूर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमण भई अस्पताल भर्ना भएका श्रेष्ठको बुधबार बिहान निधन भएको हो ।

लामो समय बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठ माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत भएर कमाण्ड सम्हालेका थिए । तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए । उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका उनले एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए ।

उनी सन्राईज बैंकका पनि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । तर संचालकहरुबीचको विवादका कारण उनले काम गर्न पाएका थिएनन् । श्रेष्ठको श्रीमती र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL