Logo

नेपाललाई ९ करोड २० लाख बराबरको सहयोग गर्दै चीन सरकार, अक्सिजन प्लान्ट र अक्सिजन कन्सेन्ट्रेटर ल्याईने

नेपाललाई ९ करोड २० लाख बराबरको सहयोग गर्दै चीन सरकार, अक्सिजन प्लान्ट र अक्सिजन कन्सेन्ट्रेटर ल्याईने



काठमाडौं । चीन सरकारले नेपाललाई थप ५ मिलियन येन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीबाट नेपाल आक्रान्त भइरहेको बेला चीनले थप ९ करोड २० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गर्न लागेको हो । यसअघि पनि चीनले ९ करोड २० लाख रुपैयाँ बराबरको सहयोग दिने घोषणा गरेको थियो । जसमध्ये ४ सय थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ भने अरु सामाग्रीहरु हवाई र स्थलमार्ग हुंदै नेपाल ल्याउने तयारी भइरहेको छ ।

चीनको केन्द्र सरकारले थप सहयोगको प्रतिवद्धता जनाइसकेको छ भने सिचुवान, गुइजाओ, सांघाई र तिब्बतका प्रान्तिय सरकार र सामाजिक संघ संस्थाहरुबाट पनि सहयोग संकलन भइरहेको छ । उक्त सहयोग चांडै नेपाल पठाउने नेपाली दूतावासको तयारी छ ।

नेपाली पक्षले चीनलाई नेपाललाई आवश्यक रहेको स्वास्थ्य सामाग्रीको सुची बुझाइसकेको छ । जसमा अक्सिजन प्लान्ट,अक्सिजन कन्सेन्ट्रेटर र अक्सिजन सिलिण्डरको सुची रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL