Logo

प्रभावकारी देखिए कोरोनाविरुद्धका खोपहरु, कोरोनाबाट हुने मृत्यु ८५ प्रतिशतसम्म घटेको दाबी

प्रभावकारी देखिए कोरोनाविरुद्धका खोपहरु, कोरोनाबाट हुने मृत्यु ८५ प्रतिशतसम्म घटेको दाबी



काठमाडौं । पछिल्लो समयमा कोरोनाविरुद्ध विभिन्न राष्ट्रहरुले खोप उत्पादन गरिरहेका छन् । विश्वाव्यपाी महामारी बनेको कोरोना संक्रमण (कोभिड–१९) कारण लाखौंको ज्यान गइसकेको र थप ज्यान जाने क्रम नरोकिएको सन्दर्भमा खोपमात्रै कोरोना संक्रमण रोक्न उपयुक्त अस्त्र हुने बताइएको छ ।

अहिले विश्वका सम्पन्न र शक्ति राष्ट्रहरुले आफ्ना नागरिकका लागि धमाधम खोप अभियान चलाइरहेका छन् । तर, कोरोनाविरुद्धका खोपहरु कति प्रभावकारी छन् भन्नेबारे पनि विभिन्न प्रशनहरु उठिरहेका छन् । खोप अभियानसँगै खोपको प्रभावकारिताबारे विभिन्न अध्ययन अनुसन्धान पनि जारी रहेका छन् । यस्तै एक अध्ययनले अस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाविरुद्धको खोपले कोरोनाका संक्रमितको मृत्युलाई ८५ प्रतिशत कम गर्ने तथ्य फेला पारेको छ । इंगल्याण्डको जनस्वास्थ्य विभागले मंगलबार सो खोपको एक डोज खोप लगाउँदा मात्रै पनि ८५ प्रतिशत मृत्यु कम गर्ने उक्त तथ्य बाहिर ल्याएको हो ।

यस्तै फाईजर कम्पनीले निर्माण गरेको खोपको एक डोजले पनि ८० प्रतिशत मृत्युदर घटाउने जानकारी दिएको छ । यस्तै यसको दोस्रो डोज लगाएपछि भने मृत्युदर ९७ प्रतिशतसम्मले घटाउन सकिने पाईएको बताइएको छ ।

इंगल्याण्डको जनस्वास्थ्यले गरेको अध्ययनअनुसार अस्ट्राजेनेका र फाईजरले उत्पादन गरेका खोपका कारण धेरै जनाले मृत्युलाई जितेको दाबी गरिएको छ । अध्ययनका बेला बेलायतको जनस्वास्थ्य विभागले गत डिसेम्बरदेखि अप्रिलसम्म कोरोनाका लक्षण भएका संक्रमित र पछिल्लो २८ दिनमा भएको मृतकबारे अध्ययन गरेको थियो ।

जसमा अस्ट्राजेनेकाको खोपको एक डोज लगाएका ५५ प्रतिशत संक्रमितहरुले मृत्युलाई जितेको पाइएको थियो । यस्तै फाईजरको एक डोज खोप लगाएका खोप लगाएका ४४ प्रतिशतले मृत्यु जितेका थिए । खोपहरुको प्रभाव सकारात्मक देखिन थालेपछि इंगल्याण्डका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनलाई केही खुकुलो पारिने घोषणा गरिसकेका छन् । अन्तरराष्ट्रिय माध्यमबाट अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL