Logo

आज ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि, २२५ जनाको मृत्यु

आज ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि, २२५ जनाको मृत्यु



काठमाडौं । नेपालमा आज थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ३ सय १६ नमुना परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै आजै कोरोना भाइरस संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ । नेपाली सेनाले आजै २ सय २५ जनाको शव व्यवस्थापन गरेसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ भने आज ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्