Logo

सीसीएमसी बैठक : अक्सिजन वितरण कार्यविधी जारी, उद्योगलाई २४ सै घण्टा विद्युत

सीसीएमसी बैठक : अक्सिजन वितरण कार्यविधी जारी, उद्योगलाई २४ सै घण्टा विद्युत



काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) ले मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ । कोभिड १९ संक्रमितको संख्या बढेसँगै अधिकांश विरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन उक्त कार्यविधि ल्याएको हो ।

उक्त कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गरिने भएको छ । बजारमा माग थेग्ने गरि अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन सुरु गरिसकेको छ । केन्द्रले सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी उक्त बैंठकले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । काोभिड सक्रमण बढेदै जाँदा अक्सिजनको सहज आपुर्ति व्यवस्था गर्न विद्युत् अभावका कारण उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सिसिएमसीले सबैलाई बाँचौ र बचाऔै भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सिसिएमसिले काठमाण्डौ उपत्याका र काभे्रेका उद्योग समेतमा गरि दैनिक ७ हजार २ सय सिलिण्डर उत्पादन रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL