Logo

चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने, तयारी शुरु गर्न प्रशासनको निर्देशन

चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने, तयारी शुरु गर्न प्रशासनको निर्देशन



काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ ।

सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।

काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL