Logo

काठमाडौंमा थप १५ दिन लम्बियो निषेधाज्ञा, विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने निर्णय

काठमाडौंमा थप १५ दिन लम्बियो निषेधाज्ञा, विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने निर्णय



काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

मंगलबार बसेको प्रजिअहरुको बैठकले थपिएको लकडाउनमा राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL